अब प्रधानन्यायाधीश को ?

 साउन १८, २०७५ शुक्रबार १५:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीशको लाइनमा ओम प्रकाश मिश्र हुनुहुन्छ । न्याय परिषदले जोशीसहित मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।

जोशीपछि रोलक्रममा मिश्र हुनुभएकाले अबको प्रधानन्यायाधीश उहाँ हुने सम्भावना छ । मिश्र प्रधानन्यायाधीश भएमा उमेरहदका कारण उहाँले आउँदो पुससम्म मात्र जिम्मेवारी सम्हाल्नुहुनेछ । मिश्र २०७१ सालको जेठमा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

मिश्रपछि साढे तीन वर्षका लागि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको लाइनमा हुनुहुन्छ । 

चोलेन्द्रपछि वरिष्ठताक्रममा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्काको पालो आउँछ । तर उमेरहद्का कारण उनीहरुले अवकाश पाइसक्ने भएकाले त्यसपछिको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको पालो आउनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया