बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गर्नुभएको छ ।
सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा भूमिको समस्या बाहेकका विषयमा एक दिन पनि छलफल गर्न नपाएको गुनासो मन्त्री अर्यालले गर्नुभयो । उहाँले भूमिको सन्दर्भमा अहिलेसम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको भन्दै त्यसलाई सुधार्न आफू लागिपरेको बताउनुभयो ।
‘सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ, मालपोत नापीसित जोडिएका कुराहरु त्यस्तै छन्, म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भुमरीमा कति सुधार्न सकिन्छ सुधार्ने कोसिसमा छु', उहाँले भन्नुभयो, 'समस्या बाहेक कहिल्यै छलफल गर्नै पाइँन, जतिखेर पनि समस्या बाहेक कुनै दिन हेर्ने हो भने आज त यसो गर्याैँ नि भन्ने कुरै छैन, त्यस्ता खालका असजिलो नआउन्, धेरै बिगारिसकेको, धेरै बेथिति आइसकेको ठाउँ रहेछ ।’
मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै नै विवाद रहेको र त्यसलाई कानुन निर्माण नगरिकन व्यवस्थित गर्न नसकिने स्पष्ट पार्नुभयो । सरकारले एकीकृत कानुन निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठीयारहरुको भावनालाई समेटेर नै कानुन आउने दाबी गर्नुभयाे ।
उहाँले सरकारी र सार्वजनिक जग्गामा जस्तै गुठीका जग्गामा सरकारले हस्तक्षेप नगर्ने तर अतिक्रमित जग्गाको संरक्षण गर्ने बताउनुभयो । अतिक्रमणमा परेका गुठीका जग्गालाई फिर्ता गर्ने कामको सुरुवात मन्त्रालयले गरेको जानकारीसमेत मन्त्री अर्यालले दिनुभयो । उहाँले गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएको तर अगाडि बढाउन नसकिएको समेत बताउनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र गुठी संस्थानबीच पनि विवाद हुने गरेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले मन्त्रालयले गुठी संस्थानको स्वीकृतिविना नै जग्गाको प्रयोग गर्दा विवाद उत्पन्न भएको जानकारी दिनुभयो ।
कतिपय विवादमा मन्त्रीहरु नै बसेर छलफल गरी विवाद टुङ्ग्याउनु परेको अवस्था रहेको समेत उहाँले बताउनुभयो । बैठकमा सांसदहरुले विभिन्न गुठीका जग्गाको अतिक्रमण भएको र ती जग्गालाई फिर्ता ल्याउन मन्त्रालयले गरेको कामकाे विषयमा जानकारी मागेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।