पछिल्लाे २४ घण्टामा थपिए ४६३ सङ्क्रमित

 असार १४, २०७७ आइतबार १६:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा आइतबार कोरोना भाइरसका चार सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा चार सय ६३ जनामा सङ्क्रमण देखिएकाे हो ।

आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार सात सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार दुई सय ९८ जना पुरुष र एक हजार चार सय ७४ जना महिलामा सङ्क्रमण देखिएको छ  ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार नाै सय ६२ गरी आजसम्म दुई लाख १५ हजार आठ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा दुई हजार सात सय ३२ गरी आजसम्म दुई लाख ९६ हजार सात सय ६६ जनाको परीक्षण भएको छ ।

देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेका छन् । यस्तै नाै हजार सात सय ३१ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेको छ । आइतबारसम्म तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

नेपालमा काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म २८ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया