बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट विदेश पुर्याइएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने बताउनुभएको छ ।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका महानिर्देशक गौतमले सरकारले स्पष्ट नीति बनाए नेपालबाट विदेश पुर्याइएका सांस्कृतिक सम्पत्ति तथा सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने बताउनुभएको हो । त्यसकाे लागि नीति निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिनसमेत उहाँले समितिलाई आग्रह गर्नुभयो ।
‘युनेस्को कन्भेन्सन कन्सल्टिङ फर द प्रिभेन्सन अफ् इलिसिट इम्पोर्ट एक्सपोर्ट अफ् कल्चर पपर्टी’ को नेपाल पक्ष राष्ट्र भएकाले पनि नेपालबाट विदेश पुर्याइएका सांस्कृतिक सम्पदाहरुलाई फिर्ता ल्यउन सकिने उहाँले बताउनुभयो ।
पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्य प्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलकाे क्रममा जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको महानिर्देशक गौतमकाे भनाइ छ ।
उहाँले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाण्डाै, नुवाकोट र गोरखामा बाहेक कतै पनि कार्यालय नरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रमा भूकम्पबाट क्षति भएका नाै सय २० सम्पदामध्ये चार सय ६० सम्पदाको पुनर्निर्माण सम्पन्न हुने जानकारीसमेत दिनुभयो । बैठकमा सांसदहरुले पालिका, प्रदेश सरकार, पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणबीच समन्वय हुन नसक्दा पुनर्निर्माणको कामले गति लिन नसकेको बताएका छन् ।
यस्तै सांसदहरुले विभगसँग नयाँ भिजन र योजना नहुँदा पनि पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसेको बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पुरातत्व विभागले नेपालमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास र पुनर्उत्थान गर्न नसकेको स्पष्ट देखिएको बताउनुभयो ।
उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पष्ट भिजन नहुनु र अर्थमन्त्रालयले समेत महत्तव नदिँदा पुरातत्विक सम्पदाहरुको संरक्षणमा समस्या देखिएको बताउनुभयो ।
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालको सांस्कृतिक सम्पदाको संरक्षणकाे लागि नयाँ ढङ्गबाट योजना बनाउन विभागका महानिर्देशक गौतमलाई आग्रह गर्नुभयो । नेपालको पर्यटन विकासकाे लागि पनि नयाँ ढङ्गबाट योजना ल्याएर पुरातात्विक सम्पदाहरुको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद नारनमुनि रानाले विभागले पालिकासँग समन्वय गर्न नसक्दा सांस्कृतिक सम्पदाहरुको संरक्षण हुन नसकेको बताउनुभयो । यस्तै पशुपति क्षेत्रमा भएका महत्तवपूर्ण वस्तुहरु विभिन्न व्यक्तिको घरमा पुगेको, विदेशमा पुगेकोले त्यसलाई फिर्ता गर्न विभागको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा सांसदहरुले भूकम्पपछि क्षति हुन पुगेका सम्पदाहरुको पुनर्निर्माणलाई तीव्रता दिन आफ्नो भूमिकालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन विभागलाई आग्रह गरेका छन् । यस्तै सम्पदाहरुको खोज र अनुसन्धान कार्यलाई बढाउन र प्राप्त भएका पुरातात्विक सम्पत्तिहरुको व्यवस्थित संरक्षण गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।