आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई भगाउने अभियान थाल्न आग्रह

 असार १४, २०७७ आइतबार २१:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन पालिकाहरुलाई आग्रह गरेको छ ।

शनिबारबाट नेपालमा पनि सलह किरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ ।

यस्तै टनेलभित्रको बालीलाई वरिपरिबाट किरा छेक्ने गरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताउनुभयो । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाइँ केही दिन पर सारेर गर्दा पनि क्षति कम हुनेर्तफ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपुर्‍याएको बताउनुभयो । किराले क्षति नपुर्‍याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले फेरि हावाको चाप नेपालीतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताउनुयो ।

मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । खेतबारी, सार्वजनिक स्थान वा जङ्गलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा बिहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया