पहिरोका कारण घोराही–होलेरी सडकखण्ड अवरुद्ध

 असार १५, २०७७ सोमबार ११:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – वर्षाका कारण पहिरो गएपछि दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडकखण्ड  अवरुद्ध भएको छ ।

यस सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा गाडी बीच सडकमै रोकिएका छन् ।

रोल्पा रुकुम, सल्यान र प्युठान जिल्ला चल्ने गाडीसमेत यसै सडक भएर आवतजावत गर्ने भएकाले आवागमनमा समस्या भएको हो ।

वर्षायाम सुरु भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्दा घोराही–होलेरी सडक खण्डमा यात्रा गर्न जोखिम हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया