सर्लाहीमा ट्याक्टर धुने विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

 असार १५, २०७७ सोमबार ११:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका २ मा गएराती झडप हुँदा १७ जना घाइते भएका छन् ।

ट्याक्टर धुने विषयमा विवाद भएपछि दुई पक्षीबीच झडप भएको र यसले राजनीतिक रुप लिएको स्थानीयबासिन्दाको भनाई छ । ट्याक्टरको निहुँमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा १७ जना घाइते भएका हुन् ।  घाइतेमध्ये धेरैलाई भरुवा बन्दुकको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीकाअनुसार बन्दुक कसले चलाएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको छ । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया