बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन ।
‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदैछ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।
आज देशका विभिन्न ठाउँमा नेतादेखि सर्वसाधारणले याे दिवस मनाएका छन् । स्थानीय जनप्रतिनिधिले पनि हिलाेमै टेकेर दिवस मनाएका छन् ।
तनहुँको व्यास नगरपालिका ५ साँगेका महिला रोपाइँ गर्नका लागि ब्याडबाट धानको बिउ निकाल्दै । असार सुरु भएसँगै जिल्लाका कृषकलाई धान रोपाइँको चटारो छ ।
धनगढी उपमहानगरपालिका १३ काे कैलाली गाउँको खेतमा धान रोप्दै स्थानीय कृषक । यहाँका अधिकांश किसानहरु हिजोआज रोपाइँ गर्नमा व्यस्त रहेको पाइन्छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ का महिला धान रोप्न बिउ काढ्दै । समयमै वर्षा हुँदा धान रोपाइँ कार्य कञ्चनपुरमा ५३ प्रतिशतभन्दा बढी सकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवकाे अवसरमा सोमबार ललितपुरको भैँसेपाटीम रहेकाे आफ्नो निवास नजिकै खेतमा धान रोप्न हातमा बिउ लिँदै ।
१७ औँ राष्ट्रिय धान दिवसकाे अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेमा धान रोप्दै किसान ।
नेपाल कृषि अनुसन्धान परिषद् बाली विज्ञान महाशाखा खुमलटारमा सोमबार रोपाइँ गरी १७ औँ राष्ट्रिय धान दिवस मनाइयो । फार्म परिसरमा रोपाइँकाे लागि राखिएको धानको बिउ ।
ललितपुरमा रोपाइँकाे लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै ।
ललितपुरमा कोदालीबाट खेत सम्याउँदै किसान ।
ललितपुरमा मेसिनको सहायताले धान रोपिँदै ।
ललितपुरमा धानको बिउ ओसार्दै किसान ।
१७ औँ राष्ट्रिय धान दिवसका अवसरमा आठ लेनको आधुनिक मेसिनबाट धान रोप्दै कृषि औजार अनुसन्धान केन्द्र पर्साका कर्मचारी ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।