अहिलेको लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय

 असार १६, २०७७ मंगलबार ६:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् ।  सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने  निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् । 

यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले  स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया