मेशिन थपिएसँगै दाङमा  कोरोना परीक्षणको दायरा बढ्यो

 असार १६, २०७७ मंगलबार ८:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ ।

सोमबार एकै दिन १ हजार १ एक सय ६२ जनाको जाँच गरिएको प्रतिष्ठानले जनाएको छ । यो अहिलेसम्मकै धेरै हो ।

अहिलेसम्म नमूना संकलन गरिएकामध्ये अब १ सय २६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा सोमबारसम्म १४ हजार ३ सय १३ जनाको जाँच गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा फेरिएको परीक्षणमा ७ सय ४६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दाङमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया