बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - विपद्को समयमा निराशापन बढ्नु, एक्लोपन र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।
कोभिड-१९ को सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनको समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपन हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनुजस्ता कारण आत्महत्याका घटनाहरु बढेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपद्को समयमा हुने चिन्ता, आइसोलेशन र क्वरेण्टीनमा सामाजिक सम्पर्क नहुने भएकाले आत्महत्या बढेको अध्ययनले देखाएको बताउनुभयो ।
संसद्को महिला तथा सामाजिक समितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताउनुभयो । कुनै महिनामा कम र कुनै महिना बढी घटना घटेका कारण अनुपातमा सङ्ख्या बढेको मात्रै देखिएको तर समग्रमा विगतभन्दा कम घटना घटेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७३/०७४ मा ५ हजार १२४, आर्थिक वर्ष ०७४/०७५ मा ५ हजार ३१७ र आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना घटे पनि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ हजार ५८६ वटा मात्रै घटेको बताउनुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वरेण्टीनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमी आउने बताउनुभयो । सम्बन्धित मन्त्रालय र सबै पालिकाहरुमा महिलाहरुका लागि छुट्टै क्वरेण्टीनको व्यवस्था गर्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।
समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ । आत्महत्या जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य बीमालगायतका सामाजिक सुरक्षाको दायरा बढाउन पनि समितिले निर्देशन दिएको छ ।
मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।