पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो

 असार १७, २०७७ बुधबार ६:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया