बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
स्याङ्जा – गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेका छन् । नयाँ थपिनेमा ९ जना महिला रहेका छन् ।
सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।