आइतबारसम्मकाे लागि स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

 असार १७, २०७७ बुधबार १६:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आउँदो आइतबारसम्मकाे लागि स्थगित भएको छ । पार्टीकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारकाे लागि बोलाइएको हो । 

बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ । कांग्रेसले भोलि पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । 

मङ्गलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको छ । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

मुटुसम्बन्धी समस्याले पीडित उहाँको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकाे क्रममा आज निधन भएको हो । उहाँको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया