भारतबाट सलहको अर्को ठूलो झुण्ड नेपाल आउँदै

 असार १७, २०७७ बुधबार १७:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको भागलपुर तथा मोतिहारीमा रहेको सलहको झुण्ड दार्जिलिङतर्फ अघि बढेकोले त्यो झुण्ड नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ ।

केन्द्रले त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो । केन्द्रले निकालेको सूचनामा कतैबाट सलहको झुण्ड आइरहेको छ कि भनेर जानकारी लिइरहन र झुण्ड आएमा भाँडाकुँडा तथा बाजा बजाएर तथा आगो बालेर धुवाँ फैलाइ आफ्नो बालीनालीमा बस्न नदिन प्रयास गर्न अनुरोध गरेको छ ।

यसैबीच तराईको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झुण्डमा झण्डै २५ लाख सलह किरा रहेका छन् भने मकवानपुर प्रवेश गरेको झुण्डमा १० लाखभन्दा धेरै सलह रहेको केन्द्रले अनुमान  गरेको छ ।

सलहले विभिन्न ठाउँमा मकै, केरा, तरकारीलगायतका बालीनालीमा क्षति गरेको पनि केन्द्रले जनाएको छ ।

काठमाण्डौमा आइपुगेको सलह किराले सामान्य क्षति गरेको कृषि विज्ञले बताएका छन् । काठमाण्डौमा प्रवेश गरेको झुण्ड सानो रहेको र यसले सामान्य प्रभाव पारेको वरिष्ठ कृषि विज्ञ डाक्टर केदार बुढाथोकीले बताउनुभयो ।

काठमाण्डौ उपत्यका प्रवेश गरेको झुण्डमा झण्डै दुई लाख सलह रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।    

http://www.npponepal.gov.np/ne/noticedetail/48/2020/24789477

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया