‘इनफ इज इनफ’ का अभियन्ताद्वारा बालुवाटारमा प्रदर्शन

 असार १७, २०७७ बुधबार २०:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – 'इनफ इज इनफ' का अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । 

पाटनमा अनसनरत युवाहरुको समर्थनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो । 

ललितपुरको पाटनमा ६ दिनदेखि युवाहरु अनसनमा बसेका छन् । शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, सरकारले गरेका काम पारदर्शी हुनुपर्ने माग राख्दै युवाहरु आन्दोलित भएका हुन् । 

बुधबार प्रदर्शनमा सहभागी युवाहरुले ‘मन्त्रीज्यू के छ खबर ? हामी पारदर्शिता, जवाफदेहीता चाहन्छौँ, सरकार राहतको पैसाले पेट भर्ने, जनता भोक भोकै मर्ने’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिशप्रसाद भट्ट, साधना राई, वृत्तान्त खनाललगायत १२ जना रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया