बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – रोटा भाइरस विरुद्धको खोप नेपालमा आजदेखि प्रयोगमा आउने भएको छ ।
ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो ।
पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उहाँले बताउनुभयो । यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।
केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने उहाँले बताउनुभयो । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।
एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा। गौतमले जानकारी दिनुभयो । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ ।
यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।