संसद्काे बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

 असार १८, २०७७ बिहिबार १२:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओलीले यस विषयमा राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया