'सरकार ढाल्न पाइँदैन' भन्दै माइतीघरमा प्रदर्शन

 असार १८, २०७७ बिहिबार १५:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेकाे बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।

उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया