बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १४ हजार पाँच सय नाघेकाे छ ।
पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार बिहीबार एक सय नाै जना महिला र तीन सय ६४ पुरुष गरी कुल चार सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको हाे । नेपालमा सङ्क्रमितकाे सङ्ख्या १४ हजार पाँच सय १९ पुग्दा एक हजार आठ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।
अहिलेसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा तीन हजार नौ सय नौ जना, वाग्मती प्रदेशमा पाँच सय पाँच जना, गण्डकी प्रदेशमा एक हजार ८४ जना, प्रदेश ५ मा तीन हजार आठ सय ५३, कर्णाली प्रदेशमा एक हजार पाँच सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय ३७ जनाकाे पीसीआर परीक्षण भएको छ । यससँगै अहिलेसम्म दुई लाख ३७ हजार सात सय ६४ जनाकाे पीसीआर परीक्षण भएको छ ।
देशभर रहेका विभिन्न क्वरेण्टीनमा ३८ हजार एक सय नाै जना रहेका छन् । यस्तै आइसोलेशनमा १० हजार एक सय ३७ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ ।
गएकाे असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनकाे हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।