राष्ट्रपति र प्रधानमन्त्री दुवैले अध्यादेश आउँदैन भन्नुभएको छ : प्रवक्ता श्रेष्ठ

 असार १८, २०७७ बिहिबार १८:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश नआउने बताउनुभएको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशङ्का गरिएको थियो । त्यही सन्दर्भमा अहिले नै अध्यादेश ल्याउनु अवस्था नभएको भन्दै अनुरोध गर्न अध्यक्ष प्रचण्ड राष्ट्रपतिसमक्ष जानुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

‘राष्ट्रपतिले अहिले अध्यादेश आइसकेको छैन भनेर भन्नुभएको छ । प्रधानमन्त्रीले पनि अहिले नै म अध्यादेश जारी गर्ने स्थितिमा नरहेको जानकारी बैठकपछि दिनुभएको छ’ । 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी नै नगराइ संसद अधिवेशन अन्त्य गर्नुभएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले यसलाई अर्का अध्यक्ष प्रचण्डसँगको सहमतिविपरीतको कदम भन्नुभएको छ ।    

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया