बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – भूकम्पले क्षति पुगेका ५ लाख घरको पुनर्निर्माण सकिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घर पुनर्निर्माण भएका छन् । प्राधिकरणले झण्डै ७ लाख ८६ हजारसँग अनुदानको सम्झौता गरेको छ । तीमध्ये तेश्रो किस्ताको अनुदान रकम भुक्तानीका लागि ५ लाख ८७ हजार ४ सय ५२ घर प्रमाणीकरण भैसकेका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
झण्डै २ लाख २ हजार घर पुनर्निर्माण भैरहेका छन् । पुनर्निर्माण भैसकेका र बन्दै गरेका गरी ७ लाख १० घर रहेका प्राधिकरणको तथ्याङक छ । २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति गरेका ८ लाख ३२ हजार ४ सय ८ घर लाभग्राही सूचीमा छन् । तीमध्ये झण्डै ७७ हजार प्रवलीकरण गर्नुपर्ने अवस्थाका छन् ।
प्रवलीकरणको काम भने अहिले पनि अन्यौलमै छ । प्रवलीकरण गर्न लाभग्राही इच्छुक नदेखिएको प्राधिकरणको भनाइ छ । तर प्राधिकरणले आवश्यक प्रविधि र जनशक्ति खटाउन नसक्दा समस्या भैरहेको प्रवलीकरण लाभग्राहीको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।