सुनको भाउ ५ सय रुपैयाँ घट्यो

 असार १९, २०७७ शुक्रबार ११:५६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि एकैदिन तोलामा ७ सय रुपैयाँ घटेर सुन ९१ हजार रुपैयाँ तोकिएको थियो । यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो । गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार र सोमबार भने सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ भएको भए पनि मंगलबार तोलामा २ सय बढेको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया