नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १५ हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै थपिए

 असार १९, २०७७ शुक्रबार १६:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हाे । 

त्यस्तै पछिल्लाे २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा काेराेना सङ्क्रमण जितेर घर फिर्नेकाे सङ्ख्या ६ हजार एक सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नाै सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bipeen Aarya

    July 5, 2020, 8:03 a.m.

    सर हाम्रो गाउँ विकास गर्न को लागि बाटो निर्माण नगरी चेक पास गराउन खोजी रहेको छ।तो मा पनि स साना बच्चाहरु संग सही छाप गराई।यो कोशी गा पा ४ को हो।हामी सबै युवा मिली पीडा राखेको छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया