बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको लागि नेपाल पत्रकार महासङ्घले आजदेखि आन्दोलन थालेको छ ।
पहिलो चरणको आन्दोलन अन्तर्गत अहिले महासङ्घले काठमाण्डौको बबरमहलमा प्रदर्शन गरिरहेको छ । कोरोना भाइरसको महामारीकाे बेला विभिन्न सञ्चार गृहले पत्रकारलाई तलब नदिएको, काम गर्ने वातावरण नदिएको र कामबाट हटाएको भन्दै महासङ्घले आन्दोलन थालेको हो ।
पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि ढङ्गले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताउनुभयो । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।