चार दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग

 साउन १८, २०७५ शुक्रबार १८:५८:२४ | नवदीप अजनबी

नुवाकोट – पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको विदुर नपा–१०, तिरतिरेको भीरमा गएको पहिरो हटाएपछि चार दिनदेखि बन्द सडक शुक्रबार साँझबाट सञ्चालन आएको छ । 

गएको मंगलबार बिहान पहिरो गएपछि सडक बन्द भएको थियो । पहिरोको कारण रसुवा र काठमाडौंबीचको सडक यात्रा रोकिँदा सयौं यात्रुहरुले सास्ती झेल्नु परेको थियो ।  

सडक सञ्चालनमा आए पनि पहिरो झर्न सक्ने जोखिम अझै रहेकोले होसियारीपूर्वक सवारी सञ्चालन गराउन जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले आग्रह गर्नु भएको छ । 

सडक खुलेपछि पहिरोको कारण रोकिएका सयौं सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।  वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेवेसी सडकको मनकामनामा पहिरोका कारण सडक अवरुद्ध भएकोले कारण वैकल्पिक सडक समेत सञ्चालन नुहँदा सयौं सवारी साधनहरु नुवाकोटमा रोकिएको थिए । 

तिरतिरेको पहिरोका कारण विदुर नपा–१०, गैरीखर्कका ५० घर जोखिममा परेकोले बस्ती जोगाउन पहिरोलाई दीर्घकालीन रुपमा रोक्ने उपाय वडाअध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो । 
    

अन्तिम अपडेट: बैशाख १, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया