बझाङमा पहिरो : १७ घर पुरिएको स्थानीयबासिन्दाको भनाइ

 असार २०, २०७७ शनिबार ८:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोले १७ घर पुरिएको स्थानीयबासिन्दाले बताएका छन् । गएराति खसेको पहिरोले के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण आइसकेको छैन ।

स्थानीयबासिन्दाले खबर गरेपछि प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्छ ।

अन्तिम अपडेट: असार २४, २०७७

तपाईको प्रतिक्रिया