बझाङ पहिरो अपडेट : ७ जना बेपत्ता

 असार २०, २०७७ शनिबार ९:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । पहिरोले पुरेका १७ घरका ७ जना बेपत्ता भएको जानकारीमा आएको वडाध्यक्ष गणेश बोहराले उज्यालोलाई जानकारी दिनुभयो ।

गएराति पहिरो आएपछि अरु सुरक्षित ठाउँमा लागेका पनि उहाँले बताउनुभयो । स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पहिरोले के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण भने आइसकेको छैन ।

स्थानीयबासिन्दाले खबर गरेपछि नजिक रहेको प्रहरीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचालीखोलामा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया