नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित

 असार २०, २०७७ शनिबार १०:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पर्सि सोमबारसम्मका लागि स्थगित भएको हो ।

यसअघि अस्ति बिहीबार बसेको बैठक सहमति खोज्नकै लागि आजसम्मका लागि स्थगित गरिएको थियो । तर नेताहरुबीच सहमति नजुटेपछि बैठक फेरि स्थगित गरिएको छ ।

आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । हिजोको छलफलले सहमति नजुटाए पनि दुईबीचको आपसी तिक्तता हटाएको नेताहरुको दावी छ ।

हिजोको छलफलमा सहमतिको मिलनबिन्दुको खोजी गर्न दुवै अध्यक्ष सहमत भएका छन् । तर दुवै आआफ्नै अडानमा छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ ।

दुवै अध्यक्ष आआफ्नै अडानमा रहेकाले हिजोको छलफल सहमतिमा पुग्न नसकेको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया