प्युठानमा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 असार २०, २०७७ शनिबार १२:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठानमा टिप्पर दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ ।

चुनढुङ्गा बोकेको ना ७ ख ८९३८ नम्बरको टिप्पर प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना हुँदा टिप्पर चालक र सहचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर चालक प्युठानको नौबहिनी गाउँपालिका–६ पिपलटारीका ३० वर्षका रोशन थापा र सहचालक २७ वर्षका झगबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

टिप्पर माडी खोलामा खसेको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया