बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोनाकाे कारण थप दुई जनाको मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे कारण मृत्यु भएको हो ।
गएकाे असार १७ गते कतारबाट फर्किनुभएका उहाँलाई निमोनिया भएपछि १८ गते गोरखा जिल्ला अस्पताल भर्ना हुनुभएको थियो । १९ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र शनिबार बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गएकाे असार १७ गते मृत्यु भएका रुपन्देहीको देवदहका एक ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । असार १४ गते क्षयरोगको उपचारको लागि अस्पताल भर्ना हुनुभएका उहाँको १७ गते मृत्यु भएको र १८ गते कोरोना परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।