‘शवबाट कोरोना सर्दैन, व्यवस्थापनमा अवरोध नगराैँ’

 असार २०, २०७७ शनिबार १७:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न अनुरोध गरेको छ ।

देशका विभिन्न ठाउँमा कोरोना पुष्टि भएर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरिहरको बेला स्वास्थ्य मन्त्रालयले भने शवबाट कोरोना नसर्ने भन्दै अवरोध नगर्न अनुरोध गरेको हो । 

‘कोभिड सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव जलाएर या खाल्डोमा गाडेर वा अन्य तरिकाले आफ्नो रीतिरिवाज अनुसार व्यवस्थापन गर्न सकिन्छ, यसमा सामान्य सुरक्षा अपनाए पुग्छ’, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्नुभयो, ‘बाेल्दा, हाच्छिउँ या खोक्दा निस्कने थुककाे छिटामार्फत काेराेना एक व्यक्तिबाट अर्कोमा सर्छ तर मृत्यु भएका व्यक्तिबाट यस्ता कुनै क्रियाकलाप नहुने भएकाले शवबाट सङ्क्रमण हुँदैन । सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिन्छ’, प्रवक्ता गौतमले भन्नुभयो ।

गाेरखामा काेराेना सङ्क्रमणबाट मृत्यु भएकाकाे शव व्यवस्थापनमा पनि स्थानीयवासीले अवराेध गरेपछि प्रहरीले अश्रृग्यास नै प्रहार गर्नुपरेकाे छ । अहिले प्रहरीकाे उपस्थितिमा मृतककाे शव व्यवस्थापनकाे तयारी भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया