प्रधानमन्त्री ओली मन्त्रीहरुसँगकाे छलफलमा

 असार २०, २०७७ शनिबार २०:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री तथा राज्यमन्त्रीकाे छलफलमा व्यस्त हुनुभएकाे छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीसँग समसामयिक सन्दर्भमा छलफल गरिरहनुभएकाे हाे । 

याे छलफलअघि प्रधानमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएकाे थियाे । नियमित भेटघाटकाे लागि प्रधानमन्त्री शीतल निवास पुग्नुभएकाे राष्ट्रपति भण्डारीकाे प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीले बेलुका ७ बजे मन्त्री र राज्यमन्त्रीलाई बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गर्ने सल्लाहकार थापाले जानकारी दिनुभयो ।

नेकपाभित्रको विवाद बढिरहेकाे बेला प्रधानमन्त्रीले मन्त्रीहरुसँग गर्न लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ ।   

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया