राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो, आ–आफ्नो लाइन क्लियर गर्नुस् : प्रधानमन्त्री

 असार २०, २०७७ शनिबार २१:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गर्नुभएको हो ।

पार्टीभित्रको विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का सदस्यहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको पछिल्लो विवादबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको बताउनुभएको छलफलमा सहभागी एक मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने सङ्केत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको पनि उहाँले बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने तयारी भइरहेको समेत बताउनुभयो ।

उहाँले आफ्नो प्रधानमन्त्रीको पक्षमा जाने कि ? विपक्षमा बस्ने भन्नेबारे लाइन क्लियर गर्न पनि मन्त्रीहरुलाई आग्रह गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग एक घण्टाभन्दा धेरै समय छलफल गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • Sagar shah

    July 10, 2020, 8:55 p.m.

    आदरणीय प्रधानमन्त्रीज्यू लाई मेरो भनाइ यो छ कि आफ्नो पार्टी भित्र नै विवाद गर्ने कि देशमा भएको अनैतिक कार्यहरुलाई रोक्ने ...तस्करी रोक्ने ...तस्करी विरुद्द कानून चुस्त बनाउने र कर प्रणालीलाई नियमित गरि देश विकाशको अभियान अघि बढाउने हो बिचार गर्नुस /

  •  0 Reply
  • dhama paudyal

    July 5, 2020, 7:08 a.m.

    स्थितिको बिस्लेषण गर्दा ओलि को अब को कदम भनेको संसद बिघटन र मध्याबधी निर्बाचन को घोषणा हुने मेरो अनुमान छ । त्यस पछी को कदम एमालेको पुर्जीबिकरण गरेर एक्लाई जाने देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया