नेप्सेमा सामान्य सुधार

 असार २१, २०७७ आइतबार १५:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ ।

नेप्से आज नौ दशमलव ३५ अङ्कले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ । आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहकाे शेयर सामान्य बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको शेयर २ सय १२ अङ्कले बढेको छ । आज एक अर्ब तीन करोड रुपैयाँ बराबरका २८ लाख ६ हजार कित्ता शेयर किनबेच भए ।

आज सूर्योदय जन उत्थान लघुवित्तका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका शेयरधनीले १० प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया