नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ : कांग्रेस

 असार २१, २०७७ आइतबार १९:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताउनुभयो । 

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसङ्गमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उहाँले बताउनुभयो । 

आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाटलगायतका विषयमा छलफल भइरहेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया