यी हुन् लकडाउनमा झ्यालबाट खिचिएका उत्कृष्ट पाँच फोटो

 असार २१, २०७७ आइतबार १८:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट फोटो प्रतियोगिताका उत्कृष्ट पाँच फोटो सार्वजनिक गरेको छ ।

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सयभन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट पाँच छनाेट गरिएको बोर्डले जनाएको छ । 

उत्कृष्ट पाँचमा छनाेट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ रहनुभएको थियो ।   

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा  केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । विजयीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । 

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले विजयीहरुलाई बधाई एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।  

उत्कृष्ट फोटोहरु फोटो नेपालको तल दिइएकाे लिङ्कमा हेर्न सकिन्छ ।  

https://photonepal.travel/photo/3259/khasti-chaitya-boudha

 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया