पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

 असार २१, २०७७ आइतबार २०:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ । 

नेविसङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टीभित्र भ्रष्टाचार बढेको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीभित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारासमेत लगाए । 

नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिनमात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिइ महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसङ्घका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया