‘बालबालिकालाई भिटामिन ए खुवाउने बेला ख्याल गरौँ’

 असार २२, २०७७ सोमबार ९:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।

विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ ।  भिटामिन ए  खुवाउन लैजाँदा  भौतिक दूरी कायम गर्न उहाँले अभिभाकलाई आग्रह गर्नुभएको छ । भिडभाड धेरै नहोस् भनेर देशभरका ५२ हजारवटै केन्द्रमा १ घण्टामा १० जना बालबालिकालाई मात्रै भिटामिन खुवाउन अनुरोध गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम भएकोले कसैमा सङ्क्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न यस्तो आग्रह गरिएको उहाँको भनाई छ ।  भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ । यस्ता बालबालिका र आज छुटेका बालबालिकालाई भने भोलि घरघरमै गएर भिटामिन खुवाउने उहाँले बताउनुभयो ।

नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन पराजुलीले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया