खाेटाङ : दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता

 असार २२, २०७७ सोमबार १६:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ । 

शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले आइतबारदेखि दुई वर्षमुनिका बालबालिकालाई गएको साउनदेखि यो असारसम्मको एकमुस्ट प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । 

प्रोत्साहन भत्ता वितरणको तयारीका क्रममा लकडाउन भएपछि आर्थिक वर्षको अन्तिममा मासिक एक हजारका दरले शिशु प्रोत्साहन भत्ता वितरण सुरु गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका ७९ शिशुलाई मासिक एक हजारका दरले आर्थिक वर्ष २०७६/०७७ भित्रको प्रोत्साहन भत्ता वितरण गरिएको छ । क्रमशः अन्य सात वटै वडाका शिशुलाई प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणकाे आधारमा गाउँपालिकाले २०७५ साल वैशाख १३ गतेदेखि प्रतिबच्चा मासिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गर्दै आएको छ । 

यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई झुल वितरण सुरु गरेको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट सुत्केरी र नवजात शिशुलाई बचाउनका लागि झुल वितरण सुरु गरिएको हो । गाउँपालिकाका सात वडाका ९८ सुत्केरीलाई झुल वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया