इजरायलले जासुसी स्याटलाइट प्रक्षेपण गर्‍याे

 असार २२, २०७७ सोमबार १४:१७:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इसरायलले सोमबार आफ्नो नयाँ जासुसी स्याटलाइट लन्च (प्रक्षेपण) गरेको छ, जसले मिलिट्ररी इन्टेलिजेन्सको उच्चस्तरीय निगरानीमा मद्दत गर्नेछ । 

इरान जस्तो 'शत्रु' देशमाथि ध्यान बनाइराख्न इजरायल आफ्नो निगरानी क्षमता बढाइरहेको छ । इरानको आणविक कार्यक्रम इजरायल आफ्नो लागि खतरा भएको महसुस गर्दै आएको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार ओफेक–१६ नाम गरेको स्याटलाइटलाई सोमबार इजरायलले नै बनाएको शभिट रकेटको मद्दतद्वारा अन्तरिक्षमा पठाइयो । 

ओफेक–१६ ले एक आधुनिक स्याटलाइट बताउँदै इजरायलका रक्षा मन्त्री बेनी गान्ट्जले भने, ‘हामी इजरायलको क्षमताले हरेक प्रकारले बलियो बनाइरहेका छौँ ।’

रक्षा मन्त्री गान्ट्जले ओफेक–१६ अत्याधुनिक क्षमतासहितको एक  ‘एक इलेक्ट्रो अप्टिकल’ उपग्रह भएको बताएका छन् । 

यो स्याटलाइटले खिचेको तस्बिर एक हप्ताभित्रमा प्राप्त गरिने इजरायलले बताएको छ । 

राज्यको स्वामित्वमा रहेको इजरायल एरोस्पेस इण्डस्ट्रिज यो परियोजनाको लागि मुख्य ठेकेदार थियो र उपग्रहको पेलोड डिफेन्स फर्म एल्बिट प्रणालीद्वारा गरिएको थियो ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया