बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल एअरलाइन्सका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
लकडाउनको बेला विभिन्न देशमा नागरिक उद्धार गर्ने क्रममा र कार्गो लिन जाने क्रममा तीन जना पाइलट र अन्य चार जना कर्मचारीमा कोरोना पुष्टि भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले उज्यालाेलाई जानकारी दिनुभयाे । उनीहरु सबै क्वरेण्टीनमा रहेको नेपाल एअरलाइन्सले जनाएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना पुष्टि भएका एअरलाइन्सका कर्मचारीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
ट्वीटरमा मन्त्री भट्टराईले भन्नुभएको छ, ‘नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुःख लागेको छ । सङ्कटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।