बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।
सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयाे ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार सात सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट दुई लाख ५५ हजार सात सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म तीन लाख ११ हजार सात सय २४ जनाको परीक्षण भएको छ ।
अहिले देशभरिका क्वरेण्टीनमा २९ हजार दुई सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा काेराेना सङ्क्रमण पुष्टि भएका नाै हजार एक सय १८ जनाकाे उपचार भइरहेकाे छ ।
यसैबीच मन्त्रालयले पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एक हप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
यस्ता घटनाले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु शेयर नगर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता भिडियो देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।