समुदायस्तरमा कोरोना फैलिएको आशङ्कामा परीक्षण तीव्र

 असार २२, २०७७ सोमबार १६:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डौको समुदायमा कोरोना फैलिएको आशङ्कामा परीक्षण बढाएको जनाएको छ ।

काठमाण्डौमा समुदायस्तरमै कोरोना फैलिएको शङ्का बढेपछि तीनकुने र नख्खुडोलका दुई सय २८ जनाको कोरोना परीक्षण गरिएको तर सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले १० ठाउँका नागरिकको नमुना लिएर परीक्षण भइरहेको जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । आज काठमाण्डाैमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भेटिएका हुन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया