३३ अङ्कले बढ्यो नेप्से

 असार २२, २०७७ सोमबार १७:५३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साेमबार ३३ अङ्कले बढेको छ । नेप्से आज ३३ दशमलव २७ अङ्कले बढेर १२ सय ९८ दशमलव ७३ बिन्दुमा पुगेको छ । 

आज म्युचल फण्डबाहेक अरु सबैजसो समूहको शेयर सामान्य बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ७४ र जीवन बीमा समूहको शेयर दुई सय ६६ अङ्कले बढेको छ । लकडाउनकाे कारण होटल व्यवसाय सङ्कटमा परे पनि होटल समूहको शेयर भने ७४ अङ्कले बढेको छ । 

आज ९२ करोड ७८ लाख रुपैयाँ बराबरका २७ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् । 

आज ग्लोबल आईएमई बैंक र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने आठ वटा कम्पनीका लगानीर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र शेयर बजार बढे पनि राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: असार २३, २०७७

तपाईको प्रतिक्रिया