मास्क नलगाइ घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

 असार २२, २०७७ सोमबार १६:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मास्क नलगाइ घरबाहिर निस्किएमा प्रहरीले पक्राउ गर्ने भएको छ ।

लकडाउन खुकुलो बनाएपछि मास्कविना नै मान्छे घरबाहिर हिँड्दा जोखिम झनै बढेको भन्दै सरकारले मास्क नलगाउनेलाई पक्राउ गर्ने भएको हो । यस विषयमा गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन पनि दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भौतिक दुरी कायम राख्ने, धेरै मानिस भेला हुन नपाउनेलगायतका स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने र त्यसो नभएमा कारबाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: असार २४, २०७७

तपाईको प्रतिक्रिया