बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेसा, व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो ।
बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । लकडाउनकाे कारण चैत ११ गतेबाट सार्वजनिक यातायात बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनकाे कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए ।
अहिलेको अवस्थामा बैंकको ऋण तिर्नसमेत समस्या भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनकाे लागि मन्त्रालय, सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।