बहिर्गमन भिसा नभएकालाई स्वदेश फिर्तीका लागि सहजीकरण गर्दै साउदी

 असार २४, २०७७ बुधबार १७:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले कोरोनाको कारण समस्यामा परेका र स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई बहिर्गमन भिसा दिन थालेको छ ।

विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र दूतावासमा आफ्नो विवरण टिपाएका नेपालीका लागि दूतावासको पहलमा साउदीले बहिर्गमन भिसा दिन थालेको हो ।

साउदीमा कम्पनीमा काम गर्दा साउदी आवासीय अनुमति पत्र (अकमा) नबनाइएका वा नवीकरण नहुँदा बहिर्गमन भिसा नपाएका तर स्वदेश फर्कन पर्ने अवस्थामा रहेकाको सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावासले साउदी सरकारसँग अनुरोध गरेको थियो । जसअनुसार साउदीले अहिले त्यस्ता श्रमिकको लागि बहिर्गमन भिसा दिने प्रक्रिया थालेको दूतावासले जनाएको छ ।

त्यसैले बहिर्गमन भिसा लिन बाँकी रहेका, अकामा नभएका, हुरुव लगाएका र अकमा नवीकरण नभएका श्रमिकको लागि फेरि अर्को सूचना जारी गरेर विवरण संकलन गर्ने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया