अमेरिकामा एकैदिन थपिए कोरोनाका ६० हजार सङ्क्रमित

 असार २४, २०७७ बुधबार १९:५७:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा मङ्गलबार कोरोना भाइरसका ६० हजार नयाँ सङ्क्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएकोमध्ये अहिलेसम्मकै धेरै हो । 

यसअघि अमेरिकामा २ जुलाईमा एकैदिन सबैभन्दा धेरै ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

क्यालिफोर्निया र टेक्सास जस्ता राज्यमा एकैदिन १० हजारभन्दा नयँ सङ्क्रमित भेटिइरहेका छन् । 

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए । तर अमेरिकाका महामारी रोग विशेषज्ञ र कोरोना मामिलाका सल्लाहकार डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति अझै गम्भीर हुने बताएका थिए । 

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । अहिलेसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया