विदेशमा ज्यान गुमाएका र अंगभंग भइ फर्किएका परदेशीका १६ सय ८८ जना छोराछोरीलाई बोर्डले छात्रवृत्ति दिने

 असार २४, २०७७ बुधबार २०:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका तथा अंगभंग भइ स्वदेश फर्किएका श्रमिकका १६ सय ८८ जना छोराछोरीले वैदेशिक रोजगार बोर्डबाट छात्रवृत्ति पाउने भएका छन् ।

श्रम स्वीकृति लिएर गएका र करार अवधि भित्रै विदेशमा ज्यान गुमाएर र अंगभंग भइ फर्किएर बोर्डमार्फत शतप्रतिशत आर्थिक सहायता पाउने श्रमिकका छोराछोरीलाई बोर्डले यो शैक्षित सत्रका लागि छात्रवृत्ति दिन लागेको छ ।

छात्रवृत्ति पाउनेमा ५८ जिल्लाका ८७८ छात्र र ८२० छात्रा रहेका बोर्डले जनाएको छ । बोर्डले विदेशमा ज्यान गुमाएका र अंगभंग भएका परदेशीका छोराछोरीलाई १२ कक्षासम्म छात्रवृति दिन्छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया